समाचार
राजनीति

पुस २७ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं ,सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा
समाज/अपराध

विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी
लोकप्रिय
अर्थतन्त्र

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । १ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम
खेलकुद

त्रिभुवन आर्मीले जित्याे मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि
धनगढी। त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलका खेलमा नेपाल पुलिस क्लबलाई तीनै सेटमा पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।त्यसअघि तेस्रो स्थानका लागि
विश्व

बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो । विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ
साहित्य

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय
काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

कालीगण्डकी संरक्षणमाथि तीन कविता
अहिले कालीगण्डकीमाथि अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । दामोदरकुण्ड-मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने

साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने
काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्। कुन विषयमा कसरी पढाइ

कविता – मेरो देशको सरकार
गर्ने गर्दैन त्यो नगर्ने गर्छ माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ, मेरो देशको सरकार । स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ बस्ने छानो उडाएको रमिता हेर्दै मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ नियन्त्रणमा लिँदैन कोरोना तर नियन्त्रणमा लिन्छ पत्रकार मेरो देशको सरकार खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ थुकेको चाट्छ र चाटेको थुक्छ अपराध र
