कञ्चनपुरबाट २ किलो बढी चरेशसहित साउद पक्राउ।


कञ्चनपुर: कञ्चनपुरबाट २ किलो बढी चरेशसहित साउद पक्राउ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न ०३ तिलाचौर स्थित ६० वर्षीय राम सिंह साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारी शनिवार साउदलाई पक्राउ गरिएको हो। चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *