रुपन्देही ३ को उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेदवारको दरखास्त
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीका जिल्ला सभापति मधु अर्यालले सोमबारदेखि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरिएको जानकारी दिए। उनका अनुसार दरखास्त साउन ७ गते बिहान १० बजेदेखि साउन २१ गते बेलुका ५ बजेसम्म अनलाइन माध्यमबाट दिन सकिनेछ। दरखास्त दिनका लागि रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको