उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले आज राजीनामा दिएकी हुन्।

प्रधानमन्त्री बालेन शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार उद्योग मन्त्रीबाट राजीनामा आएको हो। ‘उद्योग मन्त्रीज्यूले राजीनामा दिनुभएको छ,’ उनले भने।

मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनको आलोचना भइरहेको थियो।

मुलुकमा लामो समयदेखि खाना पकाउने ग्यास अभाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *