समाचार
राजनीति

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा
काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।
समाज/अपराध

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक
ताजा समाचार
काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ।
काठमाण्डौ:- काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ। २०८२ भाद्र १० गते जिल्ला काठमाडौ काठमाण्डौं महानगरपालिका वडा नं.१५ अन्नपूर्णचोक स्थित प्रदीप पाण्डेले भाडामा लिएको घरको भुई तलाको गोदाममा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रू.२,२१,१४५-(दुई लाख एक्काईस हजार एक सय पैतालीस) र जुवा खेल्न प्रयोग भएको तास १० (दश) बुक बरामद गरिएको छ। पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला
अर्थतन्त्र

सन नेपाल लाइफले आर्थिक वर्ष २०८०।८१ काे लाभांश वितरण नगर्ने
काठमाडौं ,सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।
खेलकुद

त्रिभुवन आर्मीले जित्याे मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि
धनगढी। त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलका खेलमा नेपाल पुलिस क्लबलाई तीनै सेटमा पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।त्यसअघि तेस्रो स्थानका लागि
विश्व

बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो । विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ
साहित्य

‘मदन पुरस्कार २०८१’ का लागि छानिए उत्कृष्ट सात पुस्तक
काठमाडौँ । नेपाली साहित्यको प्रतिष्ठित सम्मान ‘मदन पुरस्कार’का लागि २०८१ सालका उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको पुरस्कार प्रतिस्पर्धाका लागि छानिएका सात उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा समावेश कृतिहरूमा छुदेन काविमोको उपन्यास ‘उरमाल’, रमेश भुसालको नियात्रा ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको निबन्ध संग्रह ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधीर शर्माको

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय
काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

कालीगण्डकी संरक्षणमाथि तीन कविता
अहिले कालीगण्डकीमाथि अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । दामोदरकुण्ड-मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने

साउदी अरबका विद्यालयमा रामायण र महाभारत पढाइ हुने
काठमाडौ । साउदी अरबमाथि पृथकतावादी सोच भएको मुलुकको आरोप लाग्ने गर्दछ। हाल सम्म साउदीमा मुस्लिम धर्म बाहेक अन्य कुनै धर्मको बारेमा पढाइ नै हुदैन ।साउदीले आफ्नो धर्म बाहेक अरु धर्म मान्नेहरुलाई ‘अविस्वासी’ भनेर पढाउदै आएको छ। पछिल्लो समय साउदी अरबले ‘भिजन २०३०’ सार्वजनिक गरेपछि अन्य धर्मको बारे आफ्नो विद्यालय पुस्तकमा उल्लेख गर्ने भएको छ। हिन्दु धर्मग्रन्थ महाभारत र रामायण जस्ता कितावबारे साउदी अरबका विद्यालयमा पढाइहुने छन्। कुन विषयमा कसरी पढाइ
