संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक अभियान लुम्बिनीबाट
काठमाडौं , संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै बहुजन एकता पार्टीका









