‘मदन पुरस्कार २०८१’ का लागि छानिए उत्कृष्ट सात पुस्तक
काठमाडौँ । नेपाली साहित्यको प्रतिष्ठित सम्मान ‘मदन पुरस्कार’का लागि २०८१ सालका उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको पुरस्कार प्रतिस्पर्धाका लागि छानिएका सात उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा समावेश कृतिहरूमा छुदेन काविमोको उपन्यास ‘उरमाल’, रमेश भुसालको नियात्रा ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको निबन्ध संग्रह ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधीर शर्माको