स्थानीय तह

अत्तरिया हाटबजारमा उपलब्ध तरकारी मा भेटियाे अत्यधिक बिषादी प्रयाेग

धनगढी ,कैलाली जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ। एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए।

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा  पाेलिसि उपहार

धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा

टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध

दार्चुला,नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ । गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर

दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गयो

  दार्चुला ,दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका ३० वर्षिय सोहन चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोमबार आज विहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए । भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा

मुस्कान डेन्टलले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा उपलब्ध गराउने

धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहित सञ्चालनमा आएको दन्त अस्पताल मुस्कान डेन्टल होमले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा प्रदान गर्ने भएको छ धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो । मंगलबार डेन्टल अस्पताल र बैंकबिच सहमति भएको हो ।

गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने

धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको

बझाङ मा  ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, जयपृथ्वी  राजमार्ग अबरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण

शैल्यशिखरका पूर्वमेयर र उनको टिमले फिर्ता गरेन लाखौँ मूल्य बराबरको सरकारी समान

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्वमेयर अमरसिंह धामी र उनको टिममा काम गरेका उपमेयर, वडाध्यक्ष तथा कर्मचारीले अझैसम्म पनि सरकारी समान फिर्ता नगरेको भेटिएको छ। मेयर धामीले मात्रै ६ लाख भन्दा बढीको सरकारी समान फिर्ता नगरेको भेटिएको हो। मेयर पदबाट मुक्त भइसकेको लामो समयसम्म पनि उनले प्रयोग गरेका लाखौँ मूल्य बराबरका सोफासेट २ वटा, बेड ४ वटा, टिभी २ वटा, टि टेबल ३ वटा, फिल्टर २ वटा, मोबाइल सेट ४ वटा,