यस्रताे छ रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौं , राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमति भएको छ। सहमति अनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुन्नति र सामाजिक न्याय हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत










