बागमती प्रदेश

अनुसन्धानमा कैफियत नदेखिएपछि सन नेपाल लाइफका सिइओ अर्याल नियमित काममा फर्किए

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल अनुसन्धानका क्रममा कुनै कैफियत नदेखिएपछि शुक्रबारदेखि पुनः नियमित जिम्मेवारीमा फर्किएका छन्। गत चैत १६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले कर्मचारीको आईपीओ कोटाअन्तर्गत बाँडफाँड गरिएको सेयरमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अर्यालमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा कुनै कैफियत नदेखिएपछि सिआईबीले उनलाई सफाइ दिएको कम्पनीले जनाएको छ। अर्याललाई चैत २२ गते नै रिहा

जय नेपाल पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं, साउन २८ गते निर्वाचन आयोग जाने

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने भएका छन्। राणा र प्रसाईं सहितले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन्। साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ। नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडाैँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिइएकाे छ। साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो। गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र  कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्। मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ। सहमतिमा

सूर्यज्योति लाइफको ऐतिहासिक सफलता: शतप्रतिशत लक्ष्य हासिल, प्रथम बीमा शुल्क रु ४अर्ब माथि

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक लक्ष्य शतप्रतिशत हासिल गर्दै प्रथम बीमा शुल्क (First Premium) संकलनमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले एउटै आर्थिक वर्षभित्र पहिलो पटक नयाँ बीमालेख बिक्रीबाट रु. ४ अर्ब ६१ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ। यो उपलब्धिसँगै कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा समीक्षा

धनगढीका रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

धनगढी, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको जानकारी दिए। उनका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धक नियुक्त गरिएको हो। यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्येबाट १० जनाको नामावली सार्वजनिक गरेको थियो। सोही सूचीबाट छनोट

एमाले नेता एवम् पूर्वसांसद कोइरी पक्राउ

नेकपा (एमाले)का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो । महोत्तरीको गौशाला–२ का कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे। यसअघि महोत्तरी जिल्ला अदालतले

बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण

काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा उल्लेख भएको सदस्यता तथ्याङ्कबारे चौतर्फी प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ।पार्टीका महामन्त्री विपिन आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिएका हुन्। पार्टीले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा आधारित नभई प्रारम्भिक आवेदन विवरणको गलत व्याख्याबाट आएको रास्वपाले जनाएको छ। विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं, सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । थापा पूर्वाधार विज्ञ हुन् । त्यस्तै सरकारले त्रिवि आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ।

चितवनको स्पष्टीकरणले पुगेन, बालेनसँग सदनमै खण्डन खोज्दै ओली !

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको दबाब अझै कायम रहेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनमा दिएको प्रधानमन्त्रीको स्पष्टीकरण पर्याप्त नभएको भन्दै संसदमै उपस्थित भएर अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्। गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले औपचारिक