दार्चुलाबाट डा. गोविन्द केसीको २४औँ सत्याग्रह घोषणा
दार्चुला, वरिष्ठ चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि २४औँ सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्। दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पटक–पटक भएका सहमति र आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको तथा बेवास्ता गरेको भन्दै सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। यद्यपि, अनशन बस्ने स्थान भने सार्वजनिक गरिएको छैन। डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को पूर्ण कार्यान्वयन, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई गैरनाफामूलक बनाउने व्यवस्था लागू गर्न,










