युग दर्पण

एसियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई

काठमाडौं ,एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन्। सीईओ श्रेष्ठको राजीनामा कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। उनको राजीनामा कात्तिक १० गतेबाट लागू हुनेछ। यसैगरी सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद् अन्तर्गतको मठ-मन्दिर, अर्चक, पुरोहित विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भत्सर्ना गरेको हो। विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा रहिम बजार क्षेत्रमा रहेको उक्त ऐतिहासिक धरोहरलाई भू-माफिया र स्वार्थी समूहको मिलेमतोमा व्यापारिक स्वार्थका

हिमालयन लाइफको सिनियर डेपुटी सीईओमा कबि फुयाँल नियुक्त, कामु सीईओको जिम्मेवारी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ)को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ। कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरेको हो। उनको यो जिम्मेवारी आज असोज २६ गतेबाट लागू भएको छ। फुयाँल कम्पनीमा वरिष्ठ नायब सीईओका रुपमा कार्यरत छन्।

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

काठमाडौं , नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए । उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल

नवलपुरबाट केबी राना कांग्रेस केन्द्रीय सदस्य पदको उम्मेदवार

नवलपुर ,सामाजिक अभियान्ता, सञ्चारकर्मी तथा युवा नेता खड्क बहादुर राना (केबी राना) नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने हुनुभएको छ। नवलपुर क्षेत्र नम्बर २ बाट खुला प्रतिस्पर्धामा भारी मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका रानाले पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो सशक्त दावेदारी प्रस्तुत गर्नुभएको हो। बाल्यकालदेखि नै सामाजिक रुपान्तरणमा सक्रिय राना नेपालमा बाल क्लब अभियानका अग्रणी व्यक्तित्व मानिनुहुन्छ। सानो उमेरमै विद्यालयको अनियमितताविरुद्ध आवाज उठाएर राजनीतिक(सामाजिक यात्रा सुरु

नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

काठमाडौं ,ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुससम्बन्धी तीनवटै मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो । जेठ, २०८२ मा अख्तियारले विशेष अदालतमा तीनवटा मुद्दा दायर गरेको थियो, ती मुद्दाहरूमा गरिएको दाबी अनुसार, नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीले ७४ लाख रुपैयाँ घुस खाएका थिए । दुई

सन नेपाल लाइफको नवौँ वार्षिकोत्सव : सुदूरपश्चिममा १०० बढी बीमा जागरण कार्यक्रमदेखि रक्तदानसम्म

धनगढी , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न बीमा जागरण, सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेशअन्तर्गतका १६ वटा कार्यालयले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गरेका छन्। कम्पनीका अनुसार वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिमका १६ वटा कार्यालयबाट करिब १०० वटा बीमा जागरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, होटलका कर्मचारी, सहकारी तथा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७१ जना स्वास्थ्यकर्मी माग, असोज १ गतेसम्म आवेदन दिन सकिने

कैलाली , कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्य सेवाका विभिन्न १३ पदमा कुल ७१ जना कर्मचारी करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले २०८३ भदौ २६ गते सूचना प्रकाशित गर्दै स्वीकृत दरबन्दीमध्ये रिक्त रहेका पद खुला प्रतिस्पर्धात्मक अन्तर्वार्ताबाट पदपूर्ति गर्न लागेको जनाएको हो। आवश्यक योग्यता पुगेका नेपाली नागरिकले २०८३ असोज १ गतेसम्म आवेदन दिन सक्नेछन्। कुन पदमा कति कर्मचारी मागिएको छ? मेडिकल अधिकृत, आठौँ तह — १० जना डेन्टल सर्जन,

उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले आज राजीनामा दिएकी हुन्। प्रधानमन्त्री बालेन शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार उद्योग मन्त्रीबाट राजीनामा आएको हो। ‘उद्योग मन्त्रीज्यूले राजीनामा दिनुभएको छ,’ उनले भने। मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनको आलोचना भइरहेको थियो। मुलुकमा लामो समयदेखि खाना पकाउने ग्यास अभाव छ।

त्रिशूली ३ 'ए' सुरूङको मुख भेटियो

नेपाल विद्युत प्राधिकरणले त्रिशूली ३-ए आयोजनाको सुरूङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरूङको मुख पत्ता लगाएको जनाएको छ। सांसद तथा सुरूङ विज्ञ श्रीराम न्यौपानेले त्रिशूली ३-ए मा भर्टिकल होलभन्दा ८ मिटर तल सुरूङको मुख भेटेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले यो उद्धारको नेतृत्व लिएर काम गरिरहेका छन्। नेपाल विद्युत् प्राधिकरण, सेना तथा विज्ञ समूहले यो आयोजनामा उद्धारको काम गरिरहेको छ।