बागमती प्रदेश

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ,जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

बालेनको अपव्ययः महानगरका १६२ जनप्रतिनिधिका लागि बनाए सुनको ‘ब्याच’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधिहरूका लागि सुन र चाँदी मिश्रित लोगो बनाएर फजुल खर्च गरेको भेटिएको छ । महानगरपालिकाले जनप्रतिनिधिका लागि भन्दै १६२ वटा लोगो (ब्याच) बनाएर फजुल खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक प्रतिवेदनमा महानगरपालिकाले उक्त अपव्यय गरेको उल्लेख गरेको छ ।  महानगरपालिकाले १६२ पदाधिकारीका लागि ४८६ ग्राम सुन र १,९४४ ग्राम चाँदी प्रयोग गरी लोगो निर्माण गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख

नाउपा ले गर्याे दूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले युगदर्पण डट कमलाई जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

सबैलाई अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब रिसोर्टमा भेटिए

काठमाडौं,अलबिदा लेखेर सम्पर्कविहीन  भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा

एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको बैशाख २२ गते बसेको बैठकको निर्णयले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । यता, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् ।

एलिना चौहानले दर्ता गरिन काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया

त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । २० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी सम्हाल्छु,’ मिश्रले भने ।हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले