बागमती प्रदेश

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

काठमाडौं ,नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो । उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ ।

नेपाल शिक्षक संघ ले गर्याे शिक्षक सहकारी कैलाली लाई सम्मान

धनगढी, नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिले आदर्श शिक्षक बचत तथा ऋण सहकारी कैलालीलाई सम्मानित गरेको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहबीच उक्त सहकारीलाई सम्मानित गरिएको हो। शिक्षक संघ कैलाली मातहतमा रहेको उक्त सहकारीले शिक्षकहरूको हकहितका लागि उत्कृष्ट काम गर्दै आएको भन्दै सम्मानित गरिएको शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए। ‘नेपाल शिक्षक संघ संघीय कार्यसमितिको निर्णयानुसार आफ्ना सदस्यहरूको आर्थिक विकासमा सहयोग पुर्‍याउँदै संगठनलाई मजबुत बनाउनका लागि चलाइएको शिक्षक सहकारी अभियानलाई

रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

निर्वाचनका लागि तीन दिन सार्वजनिक विदा दिन सरकारलाई सिफारिस

धनगढी ,निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ। २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगले जनाएको हो ।

रास्वपा परित्याग गरेका नेताहरूले गरे देश बुझेका पुराना व्यक्तिलाई मत दिन अाग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले चटकदार अनुहार र भावनात्मक नाराभन्दा नीति, अनुभव र देशबोधका आधारमा निर्णय लिन अपिल गरे। रास्वपाबाट  अलग भएका बागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो मूल सिद्धान्त र नीतिबाट

रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ । पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री

उर्जा मन्त्री कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र

यस्रताे छ रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति

काठमाडौं , राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमति भएको छ। सहमति अनुसार नवयुवाहरूले भ्रष्‍टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुन्नति र सामाजिक न्याय हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

काठमाडौं , राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सम्झौता भएको छ। सम्झौताले जेन–जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनको अपनत्व लिंदै आन्दोलनका क्रममा घाइते भएका तथा शहीद परिवारका जायज मागहरूलाई राज्यका तर्फबाट यथोचित रूपमा सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। सम्झौतामा नेपाललाई आगामी दस वर्षभित्र सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने

बालेन सितकाे बैठकस्थलबाट बाहिरिए रवि भने– छलफल सकारात्मक भयो

काठमाडौं ,रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए ।