दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश


काठमाडाैँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिइएकाे छ। साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो।

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ।

प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *