बागमती प्रदेश

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं, ३ पुस २०७९ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही

सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि  बीमा प्राधिकरणले दियाे अन्तिम  स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको

दीपक मनाङेले गरे एकीकृत समाजवादी प्रवेश

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराए। मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले भनेका

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं ,यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको

सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले यहि मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने भएको छ । यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गर्दै ४ दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय भएको हो ।

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए। अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्। खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले नेपालखबरलाई बताए। प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो। त्यसपछि उनी बसेको होटलको कोठामा

जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६ /७७  भन्दा न्युनतम  बोनसदरलाई पनि बढाउँन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७७ /२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन

नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी  क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी वापतको ६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले गरेको स्थलगत अध्ययनका अनुसार आर्थिक वर्ष २०७८।७९ सम्ममा १९ वटा जीवन बीमा कम्पनीले ७० हजार २ सय वटा बीमा दाबीको रकम भुक्तानी गर्न बाँकी रहेको छ । बीमा दाबी वापतको ६ अर्ब ५ करोड ४० लाख ६२ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको समिति सम्वद्ध श्रोतले जानकारी