Uncategorized

सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा

काठमाडौँ ,नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको ‘लाइफ’ (जीवन) भन्दा सामाजिक सञ्जालको ‘लाइक’ मा बढी केन्द्रित भएको आरोप लगाएका छन्। सोमबार सरकारको १०० दिनको समीक्षा गर्दै थापाले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई बेवास्ता गरी लोकप्रियताको पछि मात्र कुदेको बताए । सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै थापाले भने, ‘अहिलेको सरकारलाई नागरिकको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा कति ‘लाइक’ आउँछ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्की सिफारिस

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन् । संवैधानिक परिषद्ले

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता  गौतम निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि शुक्रबार भएको दोस्रो चरणको मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। पदाधिकारीका लागि भएको मतदानमा खसेको १२८९ मतमध्ये गौतमका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाइन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि शुक्रबार भएको दोस्रो चरणको मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। पदाधिकारीका लागि भएको मतदानमा खसेको १२८९ मतमध्ये

जिल्ला अदालत कञ्चनपुरबाट सजाय सुनाइएका २ फरार प्रतिवादी पक्राउ

कञ्चनपुर:- जि प्र का कञ्चनपुर तथा इ प्र का दोधारा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र साउद र लागूऔषध (खैरो हिरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भएका गणेश सुनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको हो।जि.प्र.का कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार दुवै प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ। जिल्ला अदालतको आदेशअनुसार उनीहरूको सजाय कार्यान्वयन

रास्वपा महाधिवेशनमा एमालेले प्रदीप ज्ञवालीलाई पठाउने

नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो। यद्यपि उनी नजाने तय भएको एमालेका एक नेताले जानकारी दिए। एमालेबाट अध्यक्ष मात्रै होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको हो। महाधिवेशनमा सहभागी हुन लागेका नेता ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्रै छन्।

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिनुभयो । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो,‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’ इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो । सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ।

काठमाण्डौ:- काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ। २०८२ भाद्र १० गते जिल्ला काठमाडौ काठमाण्डौं महानगरपालिका वडा नं.१५ अन्नपूर्णचोक स्थित प्रदीप पाण्डेले भाडामा लिएको घरको भुई तलाको गोदाममा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रू.२,२१,१४५-(दुई लाख एक्काईस हजार एक सय पैतालीस) र जुवा खेल्न प्रयोग भएको तास १० (दश) बुक बरामद गरिएको छ। पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला

फैसला कार्यान्वयनमा उत्कृष्ट: डिएसपी भाट काठमाडौं परिसरबाट सम्मानित।

काठमाडौं:- प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी उद्दव सिंह भाटलाई २०८२ सालको जेठ महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत प्रशंसा पत्र प्रदान गरिएको छ। नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै डिएसपी भाटले देखाएको समर्पण, अनुशासन र कार्यक्षमताको उच्च कदर गर्दै प्रहरी परिसर, काठमाडौंले यो सम्मान प्रदान गरेको हो। उनको प्रभावकारी कार्यशैलीले कानुनी कार्यान्वयनमा उल्लेखनीय सफलता दिलाएको भन्दै सर्वोत्कृष्ट अधिकृतका रूपमा छनोट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख

काठमाडौंबाट लागुऔषध सहित युवति पक्राउ ।

काठमाडौं: प्रतिबन्धित लागुऔषध ( ट्रमाडोल, एम्पुल फेनारागन ,डाईजापाम नर्फिन,) सहित युवति पक्राउ। २०८२ असार ०४ गते दिउसो ०५:०० बजेको समयमा काठमाडौंको स्वयम्भू क्षेत्र नजिकै डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको कोठामा लागु औषध वेचविखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट डि एस पि उद्धब सिंह भाटको कमाण्डमा खटीई गएको प्रहरी टोलीले मनिषा ठाकुरको कोठाबाट लागुऔषध, मोवाईल र नेपाली रुपैया सहित बरामद गरी नियन्त्रणमा लिई थप

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ चालकसहित पाँच जनाको मृत्यु।

केदारनाथ नजिकै रहेको गौरीकुण्डमा आज आइतबार बिहान करिब ०५ः३० बजेको समयमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये एक जना नाबालक पनि रहेका छन्। हेलिकप्टरमा सात जना सवार थिए। श्रद्धालु भक्तजनहरुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो। सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालू भक्तजनहरु सवार