Uncategorized

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको

गोरेटो बाटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ । घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व

नेपालमा काेराेनाबाट थप १ जनाकाे मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण

अस्पतालबाट भागे दुई कोरोना संक्रमित

काठमाडौँ । वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन्। राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ। उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।