कपिल कार्की

निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्की सिफारिस

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन् । संवैधानिक परिषद्ले

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता  गौतम निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि शुक्रबार भएको दोस्रो चरणको मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। पदाधिकारीका लागि भएको मतदानमा खसेको १२८९ मतमध्ये गौतमका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाइन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि शुक्रबार भएको दोस्रो चरणको मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। पदाधिकारीका लागि भएको मतदानमा खसेको १२८९ मतमध्ये

जिल्ला अदालत कञ्चनपुरबाट सजाय सुनाइएका २ फरार प्रतिवादी पक्राउ

कञ्चनपुर:- जि प्र का कञ्चनपुर तथा इ प्र का दोधारा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र साउद र लागूऔषध (खैरो हिरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भएका गणेश सुनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको हो।जि.प्र.का कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार दुवै प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ। जिल्ला अदालतको आदेशअनुसार उनीहरूको सजाय कार्यान्वयन

काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ।

काठमाण्डौ:- काठमाडौंको अन्नपूर्णचोकबाट ९ जना जुवाडे पक्राउ। २०८२ भाद्र १० गते जिल्ला काठमाडौ काठमाण्डौं महानगरपालिका वडा नं.१५ अन्नपूर्णचोक स्थित प्रदीप पाण्डेले भाडामा लिएको घरको भुई तलाको गोदाममा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रू.२,२१,१४५-(दुई लाख एक्काईस हजार एक सय पैतालीस) र जुवा खेल्न प्रयोग भएको तास १० (दश) बुक बरामद गरिएको छ। पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला

फैसला कार्यान्वयनमा उत्कृष्ट: डिएसपी भाट काठमाडौं परिसरबाट सम्मानित।

काठमाडौं:- प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी उद्दव सिंह भाटलाई २०८२ सालको जेठ महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत प्रशंसा पत्र प्रदान गरिएको छ। नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै डिएसपी भाटले देखाएको समर्पण, अनुशासन र कार्यक्षमताको उच्च कदर गर्दै प्रहरी परिसर, काठमाडौंले यो सम्मान प्रदान गरेको हो। उनको प्रभावकारी कार्यशैलीले कानुनी कार्यान्वयनमा उल्लेखनीय सफलता दिलाएको भन्दै सर्वोत्कृष्ट अधिकृतका रूपमा छनोट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख

काठमाडौंबाट लागुऔषध सहित युवति पक्राउ ।

काठमाडौं: प्रतिबन्धित लागुऔषध ( ट्रमाडोल, एम्पुल फेनारागन ,डाईजापाम नर्फिन,) सहित युवति पक्राउ। २०८२ असार ०४ गते दिउसो ०५:०० बजेको समयमा काठमाडौंको स्वयम्भू क्षेत्र नजिकै डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको कोठामा लागु औषध वेचविखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट डि एस पि उद्धब सिंह भाटको कमाण्डमा खटीई गएको प्रहरी टोलीले मनिषा ठाकुरको कोठाबाट लागुऔषध, मोवाईल र नेपाली रुपैया सहित बरामद गरी नियन्त्रणमा लिई थप

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ चालकसहित पाँच जनाको मृत्यु।

केदारनाथ नजिकै रहेको गौरीकुण्डमा आज आइतबार बिहान करिब ०५ः३० बजेको समयमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये एक जना नाबालक पनि रहेका छन्। हेलिकप्टरमा सात जना सवार थिए। श्रद्धालु भक्तजनहरुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो। सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालू भक्तजनहरु सवार

कञ्चनपुरको पुनर्वासमा एक पुरुष मृत अवस्थामा फेला।

कञ्चनपुर:-कञ्चनपुरको पुनर्वासमा एक पुरुष मृत अवस्थामा फेला। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न ०३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका वडा न ०१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुरबाट २ किलो बढी चरेशसहित साउद पक्राउ।

कञ्चनपुर: कञ्चनपुरबाट २ किलो बढी चरेशसहित साउद पक्राउ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न ०३ तिलाचौर स्थित ६० वर्षीय राम सिंह साउदको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारी शनिवार साउदलाई पक्राउ गरिएको हो। चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

भारतको मुम्बईबाट फर्किएका गिरी धनगढीमा मृत फेला

भारतको मुम्बईबाट फर्किएका कञ्चनपुरका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन्। भारतको मुम्बईबाट बिहिवार दिउँसो ०३ बजे डोकेबजार पुगेका गणेश गिरीलाई शुक्रवार देखि खोजतलास गरिरहँदा उनि आज मृत अवस्थामा फेला परेका हुन्। उनी बिहिवार राति धनगढी्को वडा ०३ स्थित विशालनगरको नाला नजिकै हिलाम्मे रूपमा अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको