जिल्ला अदालत कञ्चनपुरबाट सजाय सुनाइएका २ फरार प्रतिवादी पक्राउ


कञ्चनपुर:-
जि प्र का कञ्चनपुर तथा इ प्र का दोधारा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र साउद र लागूऔषध (खैरो हिरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भएका गणेश सुनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको हो।
जि.प्र.का कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार दुवै प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ। जिल्ला अदालतको आदेशअनुसार उनीहरूको सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *