कपिल कार्की

बाजुराको बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने

बाजुराको बाम्का बजारमा शुक्रवार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाम्का बजारका आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ।

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ। धनगढीको वडा न १४ एच गाउँ स्थित साइनोचोक नजिकै बेवारिसे अवस्थामा शिशु छाडेकी आमालाई इ प्र का बहुलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इ प्र का बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही

बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ

बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा न ०४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका वडा न ०६ का २४ वर्षीय किशोर चन्द रहेको जि प्र का बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। पक्राउ परेका पौडेल र चन्दलाई इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले रातिको करिव ११ बजे पाटन नगरपालिका –०६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट

कञ्चनपुरको गोबरियाबाट लागूऔषध सहित १ जना पक्राउ

कञ्चनपुरको गोबरियाबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। शुक्रवार जिल्लाको भीमदत्त नगरपालिका वडा न ०४ गोबरियाका २८ वर्षीय रबि भाटको घरको कोठामा खानतलासी गर्दा लागू औषध रेक्सोजेहिक एम्पुल १२ थान, बुप्रेनोरफाइन हाइब्रोराइड मांक एम्पुल थान २ , फेनार्गन एम्पुल २ थान, र सिरिन्ज १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।