कपिल कार्की

काठमाडौंको नागार्जुनबाट ८ जना जुवाडे पक्राउ।

काठमाण्डौ: काठमाडौंको नागार्जुनबाट ८ जना जुवाडे पक्राउ। २०८२ जेठ २६ गते जिल्ला काठमाडौ नागार्जुन नगरपालिका वडा न ०४, रानीपाटी पानीट्याङ्की स्थित एक घरमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रू. १,१०,६३० र जुवा खेल्न प्रयोग भएको २७ बुक तास बरामद गरिएको छ। पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट ५ दिनको म्याद

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ। प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम माथि हुने वा नहुने मत व्यक्त गर्न भन्ने निर्णय प्रति प्रस्तुत गर्दा प्रतिपक्षी सांसद मिन बस्तोलाले आपत्ति जनाएका थिए । नीति तथा कार्यक्रम पारित हुनु अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ

कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ। बेलौरी नगरपालिक़ा नकैयाबाट रिछा बस्ने २० वर्षीय इनद्रजित रानासहित तिन जनालाई शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।इ प्र का बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।

कैलारीको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित

धनगढीः कैलारीको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्। कैलारी गाउँपालिका वडा न ०६ खरुवाखेरा स्थित सरस्वती मा वि का विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन । आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरु र अभिभावकहरु आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन भने धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने

बाजुराको बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने

बाजुराको बाम्का बजारमा शुक्रवार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाम्का बजारका आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ।

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ। धनगढीको वडा न १४ एच गाउँ स्थित साइनोचोक नजिकै बेवारिसे अवस्थामा शिशु छाडेकी आमालाई इ प्र का बहुलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इ प्र का बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही

बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ

बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा न ०४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका वडा न ०६ का २४ वर्षीय किशोर चन्द रहेको जि प्र का बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। पक्राउ परेका पौडेल र चन्दलाई इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले रातिको करिव ११ बजे पाटन नगरपालिका –०६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट

कञ्चनपुरको गोबरियाबाट लागूऔषध सहित १ जना पक्राउ

कञ्चनपुरको गोबरियाबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। शुक्रवार जिल्लाको भीमदत्त नगरपालिका वडा न ०४ गोबरियाका २८ वर्षीय रबि भाटको घरको कोठामा खानतलासी गर्दा लागू औषध रेक्सोजेहिक एम्पुल १२ थान, बुप्रेनोरफाइन हाइब्रोराइड मांक एम्पुल थान २ , फेनार्गन एम्पुल २ थान, र सिरिन्ज १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।