काठमाडौंको नागार्जुनबाट ८ जना जुवाडे पक्राउ।


काठमाण्डौ: काठमाडौंको नागार्जुनबाट ८ जना जुवाडे पक्राउ।

२०८२ जेठ २६ गते जिल्ला काठमाडौ नागार्जुन नगरपालिका वडा न ०४, रानीपाटी पानीट्याङ्की स्थित एक घरमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट नगद रू. १,१०,६३० र जुवा खेल्न प्रयोग भएको २७ बुक तास बरामद गरिएको छ।

पक्राउ परेका माथि जुवा सम्बन्धी कसुर” मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *