कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ।
धनगढीको वडा न १४ एच गाउँ स्थित साइनोचोक नजिकै बेवारिसे अवस्थामा शिशु छाडेकी आमालाई इ प्र का बहुलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इ प्र का बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। अहिले उक्त शिशुलाई धनगढी स्थित सेभहाउसमा राखिएको जि प्र का कैलालीले जनाएको छ।
- s