काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेको छ। हाल भारतमा कोरोनाको सक्रिय मामिला ५ हजार नाघेको छ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाको सक्रिया मामिला ५ हजार ३६४ पुगेको छ। यो संख्या धेरैजसो केरलमा पुष्टि भएको छ।
केरलापछि सबैभन्दा बढी गुजरात, पश्चिम बंगाल र दिल्लीमा कोरोना संक्रमणको मामिला पुष्टि भएको छ। केरलामा कोरोनाको सक्रिया मामिला १ हजार ६७९, गजुरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्ली ५९२ रहेको छ।
मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गइसकेको छ। –एजेन्सी