कैलारीको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित


धनगढीः कैलारीको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।

कैलारी गाउँपालिका वडा न ०६ खरुवाखेरा स्थित सरस्वती मा वि का विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन । आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरु र अभिभावकहरु आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन भने धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको जनगुनासो विद्यार्थीको छ।

विद्यार्थीहरु र अभिभावकहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै विद्यालयमा ताला लगाएका छन्। विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले विद्यार्थीहरु सहित अभिभावकहरु पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए। उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे।

विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै प्रधानाध्यापक र समितिका अध्यक्षले राजीनामा दिनु पर्ने अभिभावकको माग छ। विद्यालयका प्र अ खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए। “शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन।

पालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भन्ने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छ।” कैलारी गाउँपालिका वडा न ०६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *