काठमाडौंबाट लागुऔषध सहित युवति पक्राउ ।


काठमाडौं: प्रतिबन्धित लागुऔषध ( ट्रमाडोल, एम्पुल फेनारागन ,डाईजापाम नर्फिन,) सहित युवति पक्राउ।


२०८२ असार ०४ गते दिउसो ०५:०० बजेको समयमा काठमाडौंको स्वयम्भू क्षेत्र नजिकै डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको कोठामा लागु औषध वेचविखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट डि एस पि उद्धब सिंह भाटको कमाण्डमा खटीई गएको प्रहरी टोलीले मनिषा ठाकुरको कोठाबाट लागुऔषध, मोवाईल र नेपाली रुपैया सहित बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी वृत्त स्वयम्भूका प्रमुख डि एस पि उद्धब सिंह भाटले जानकारी दिए।

निज मनिषा ठाकुरको साथबाट रू. २,२५,८०० र ट्रमाडोल : २१,५०० ट्याब्लेट, एम्पुल : फेनारागन -२६० पिस , डाईजापाम -२६० पिस , नर्फिन -२६० पिस गरी जम्मा ७८० पिस एम्पुल र २ थान मोबाईल फोन बरामद गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *