सबैलाई अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब रिसोर्टमा भेटिए


काठमाडौं,अलबिदा लेखेर सम्पर्कविहीन  भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए

बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन्

उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।

करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको डा. श्रेष्ठले फेसबुकमा लेखेका छन्।

डा. श्रेष्ठका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा नराम्रोसँग परेको दाबी गरेका छन् ।

‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे,’ डा. श्रेष्ठले बताएका छन।

अस्पताललाई व्यवस्थित बनाउने क्रममा डा. श्रेष्ठलले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।

उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि  डा. श्रेष्ठलाई धम्कीसमेत दिएको आरोप छ ।

‘मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो,’ उनले बताएका छन् । उनलाई कुनै सुनुवाइ नगरी छानबिन प्रक्रियाकै बीचमा हतारहतार सरुवा गरियो ।

‘छानबिन समितिले अनुसन्धान गरिरहेको अवस्थामा नै मलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनियो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो कत्तिको न्यायोचित हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *