भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ चालकसहित पाँच जनाको मृत्यु।


केदारनाथ नजिकै रहेको गौरीकुण्डमा आज आइतबार बिहान करिब ०५ः३० बजेको समयमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।


दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये एक जना नाबालक पनि रहेका छन्। हेलिकप्टरमा सात जना सवार थिए। श्रद्धालु भक्तजनहरुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो। सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालू भक्तजनहरु सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *