काठमाडौँ ,नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई माफी माग्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गरेका हुन्।
‘प्रधानमन्त्रीजीलाई मैले यति मात्र भन्छु- संसदमा जानुस् र उभिनुस्। मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुस्, सकियो। तर माफी माग्दिनँ, मैले जे बोलेँ, मसँग संख्या छ भन्नुभयो भने तपाईं प्रधानमन्त्री हो भगवान होइन। तपाईंमाथि प्रश्न हुन्छ। तपाईं संविधान र कानुन तथा हाम्रो राष्ट्रभन्दा माथि तपाईं हुनुहुन्न।’
सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसको रहेको पनि सभापति थापाको भनाइ छ।

