त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

ओली निवास बालकोटमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ,जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

कैलाली कारागार झडप : छानबिन गर्न  समिति गठन

काठमाडौं , कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज

नेविसंघ दार्चुला–काठमाडौँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट

पालुङटार रजगजः प्रअहरूलाई नियमविपरीत १ लाख ५० हजार भत्ता 

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नियमविपरीत भत्ता वितरण गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ प्रतिवेदनमा नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई पालिकाले नियमविपरीत भत्ता वितरण गरेको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को क्रियाकलाप नं. २.२ मा प्रधानाध्यापकलाई मासिक भत्ता विद्यालयको तहअनुसार मात्र उपलब्ध गराउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्राथमिक तहका प्रधानाध्यापकलाई मासिक रू. २००, निम्नमाध्यमिक तहलाई रू.

सुदूरपश्चिमका चर्चित कलाकारले गरे पशुपतिनाथमा सरसफाइ

काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् ।  ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।  ‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका

सवारी कारबाहीबाट रु चार करोड ४१ लाख राजस्व सङ्कलन

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार