बालेनको अपव्ययः महानगरका १६२ जनप्रतिनिधिका लागि बनाए सुनको ‘ब्याच’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधिहरूका लागि सुन र चाँदी मिश्रित लोगो बनाएर फजुल खर्च गरेको भेटिएको छ । महानगरपालिकाले जनप्रतिनिधिका लागि भन्दै १६२ वटा लोगो (ब्याच) बनाएर फजुल खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक प्रतिवेदनमा महानगरपालिकाले उक्त अपव्यय गरेको उल्लेख गरेको छ । महानगरपालिकाले १६२ पदाधिकारीका लागि ४८६ ग्राम सुन र १,९४४ ग्राम चाँदी प्रयोग गरी लोगो निर्माण गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख










