दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार


काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ।

विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी दिइन्। दीक्षान्त पुस्तकले विभिन्न अवसरमा विभिन्न विद्यालय तथा पुस्तकालयहरूलाई पुस्तक तथा स्टेशनरीका सामग्री हस्तान्तण गर्दै आएको छ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सांसद मदन कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने प्रमुख अतिथिमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य रहेका थिए।

त्यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, दीक्षान्त पुस्तक भण्डारका प्रमुख महेश शर्मा, नम्रता अर्याल शर्मा, धुनिवेशी नगरपालिका शिक्षा शाखा प्रमुख विकास खत्री लगायतको उपस्थिति रहेको थियो।

२०४६ सालमा स्थापना भएको विद्यालय धुनिवेशी नगरपालिका वडा नं. ५ मा अवस्थित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *