दार्चुला । नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को केन्द्रीय उप-महासचिवमा दार्चुलाका नरबहादुर बिष्ट चयन हुनुभएको छ ।
शुक्रवार (हिजो) सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट बिष्ट उप-महासचिवमा र्निविरोध चयन भएका हुन् । त्यस्तै वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् भने अध्यक्षकै दाबेदार रहेका कालिकोटका गणेश शाही महासचिवमा चयन भएका छन् ।