भारतिय एसएसबीको मनपरि : दार्चुलाबाट तिंकर जान लागेका मेयर सहितका ३ जना लाई बाटोमै रोक्याे


धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो।

उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन।

दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको अर्को भूमिमा जानका लागि पनि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यसमाथि भारतीय एसएसबीले बेलाबेला दुख दिने गरेको हुन्छ।

नगरप्रमुख चैसिरसहितका उनीहरु सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रममा सहभागी हुन व्यासको वडा नम्बर १ स्थित तिंकरतर्फ जान लागेका थिए।

उनीहरू भारतीय माेटरबाटाे हुँदै सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल, दार्चुलाका सिडिओ किरन जाेशी, सशस्त्रका त्यहाँका एसपी डम्बरबहादुर विष्टसँगै गइरहेका थिए। तर, ३ जनालाई मात्र रोकेर अरुलाई जान दिइएको सिडिओ जोशीले बताइन्। उनका अनुसार अहिले पनि मेयरसहितको टोली त्यहीँ रोकिएको छ।

एसएसबीले रिकन्फर्म गरी पास दिएर पठाउछौ भनेको भएपनि अहिलेसम्म उनीहरूलाई नपठाएको बताइन्। एसएसबीले बिनाकारण चेकिङका नाममा दुख दिएको रोकिएकाहरुको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *