एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त


काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको बैशाख २२ गते बसेको बैठकको निर्णयले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।

यता, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *