ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द


बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् ।

जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न सक्दिन उनले विज्ञप्ती मार्फत भनेकी छिन् ।

कार्यक्रममा सहभागी भएको १० दिन पछाडी सुनियोजित रुपले मेरो सार्वजनिक छबि माथि आँच आउने किसिमले झुटा समाचार सम्प्रेषण गरेर  जनतालाई  भ्रमित पार्न खोजेको  उपप्रमुख चन्दको  भनाई छ । मेले  गर्दै नगरेका कुराको  समचार बनाउन लगाएर,बनाएर बदनाम गर्न  खोजिएको उनले  बताइन् ।

कसैको सवतन्त्रलाई  कसैले अपहरण गर्न  नसक्ने  भन्दै  उनले आफुले उक्त प्रकृतिको  अभिव्यक्ति दिएको ठहरीए कानून बमोजिम कारबाही  भोग्न तयार रहेको समेत  विज्ञप्तीमा उल्लेख गरेकी छिन्  ।

उपप्रमुख चन्दले जातीय  विभेद गर्ने  खालको कुरा गरेको भन्दै अहिले आलोचना भैरहेकोछ  दलीत अधिकारकर्मीहरुले जातीय विभेद भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई  ज्ञापन पत्र समेत बुभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *