बालकुमारीमा हत्या गरिएका विरेन्द्र शाहका आफन्तद्वारा प्रदर्शन


धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले अछाम, सुर्खेत र धनगढीमा प्रदर्शन गरेका छन । धनगढीमा उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका छन भने अछाममा नाराबाजी गर्दै प्रदर्शन गरेका छन ।

यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई बर्खास्त गर्न समेत माग गरेका छन ।  वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो । मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किए पछि तनाव सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *