सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न


काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निष्कर्ष रह्यो।” उक्त भेलाले सुशील काफ्ले काे अध्यक्षतामा  ७ सदस्य नयाँ कमिटि गठन भएकाे छ। कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे।

साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *