प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति


काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा छन । समितिलाई चारबुँदे कार्यादेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *