बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ


धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् ।

६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *