समाचार

बिमा कर्मचारीकाे सुबिधा सम्बाेधन गर्न  नेपाल बित्तिय  कर्मचारी संघले गर्याे बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । नेपाल वित्तीय सस्था कर्मचारी संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गर्ने आग्रह गरेको छ । संघले आज एक बक्तव्य जारी गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको सेवा सुविधा पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २.५ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पु¥याउन निर्देशन दिएको छ

प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त दियो । कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो ।दाहालले विनेशन एडमिनिष्ट्रेशनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।@beempost.comबाट

इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ । इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत् राख्नुपर्ने अवस्था रहेको निगमले बताएको हो । निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।’ इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी

कैलाली प्रहरीको सूचनापछि रोकिएको जहाज मुम्बई उड्यो

धनगढीः नेपाल एयरलाइन्सको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि रोकिएको जहाज मुम्बई प्रस्थान गरेको छ। आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १ः १० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो।                    जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, आत्महत्या हुनसक्ने प्रहरीको भनाइ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

भारतबाट ठूलो मात्रामा मूल्य घटेर आयो पेट्रोलियम पदार्थ

काठमाडौँ । भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब

दार्चुलाको शाैल्यशिखरमा ६ महिनादेखि तलब पाएनन् हटाएका कर्मचारीले

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले माघ महिनादेखिको तलब पाएका छैनन्। हालको स्थानीय निर्वाचन पश्चात गठन भएको नयाँ नेतृत्वको नगरकार्यपालिकाले हाल ती कर्मचारीहरुलाई हटाएपनि तलब भने दिएको छैन। विगतमा कांग्रेस नेतृत्वमा नगरपालिका छँदा करारमा भर्ना गरिएका कर्मचारीहरु हालको स्थानीय निर्वाचन पश्चात एमालेको नेतृत्व आएसँगै ती कर्मचारीहरु हटाएको तर आफूहरुले असार मसान्तसम्म काम गरेको भएपनि नगरपालिकाबाट माघ महिनादेखि हालसम्म तलब नपाएको पशु सेवा शाखाका नाप्रास जितेन्द्रसिंह धामीले बताए। उनले

सुनियोजित रुपमा हत्या गरिएका  सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल

काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको

जीवन बिमा हत्याउन नक्कली विवाह, दुर्घटना घटाई २ करोड ५० लाख बुझ्ने ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले बिमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ब्यूराेले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बिमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

डिलाशैनीमा छोराले गरे आफ्नै बाबाको हत्या

दार्चुला।बैतडीको डिलाशैनी गाउँपालिका-५ शेरामा छोराले आफ्नै बाबाको हत्या गरेका छन्। शुक्रबार बिहानै २१ वर्षिय लोकेन्द्र जोशीले आफ्नै बाबा ६० वर्षिय अन्तराम जोशीको हत्या गरेका हुन्। उनले बाबाको टाउँकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारले टाउँको र शरीर अलग भएको छ। हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।