सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ सुदूरपश्चिम काे प्रादेश भेला सम्पन्न


धनगढी,सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको प्रादेशिक भेला सैपाल रिसाेर्ट खानिडाडामा भब्यताका साथ सम्पन्न भएकाे छ ।
सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ सुदूरपश्चिमका का निवर्तमान संयाेजक धन सिह धामी काे सभापतित्व र सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ केन्द्रिय कार्य समितिका सभापति रघुनाथ भण्डारी काे प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा बिशिस्ट अतिथि हरूमा मा NIPS Life सुपका अध्यक्ष लाेक राज जाेशी र उपाध्यक्ष (सूर्यज्याेति लाईफका प्रदेश प्रमुख ) जगदीश प्रसाद भट्ट समेत रहनु भएकाे थियाे भने अतिथिमा सूर्यज्याेति कर्मचारी संघका केन्द्रीय सदश्य राम दत्त भट्ट र सूर्यज्याेति लाईफका क्षेत्रिय प्रबन्धक राम प्रसाद उपाध्याय समेत रहनु भएको थियाे ।


साे कार्यक्रममा कर्मचारीको हक हितमा सदैव कर्मचारी संघ रहने र संथाको प्रगतीमा सदैव लडीरहने जानकारी धन सिह धामी ले दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *