माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन
काठमाडौँ, नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी तथा सरसफाई मन्त्री मणि थापासहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। यस्तै, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीसमेत सरकारमा रहेका छन्। बैठकले २४ घण्टाभित्र उनीहरू सबैलाई आफ्नो स्पष्टीकरणसहित पदबाट राजीनामा दिन निर्देशन दिएको हो। सवोच्च अदालतको फैसलाले पूर्व एमाले र









