समाचार

ग्रामी २०२१ र टेलर स्विफ्ट

काठमाडौँ, सन १९५९ देखि आयोजना हुँदै आएको ग्रामी अवार्ड अमेरिकाको संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्येमा पर्छ। ‘द रेकर्डिङ एकेडेमी’ ले प्रदान गर्ने ग्रामीको ६३ औँ संस्करण यही १४ मार्चमा हुँदैछ। ८४ विधामा अवार्ड बाँडिनेमा एल्बम अफ दि इअरमा यतिबेला सबैको ध्यान केन्द्रीत छ। ग्रामीको मुख्य विधा मानिने एल्बम अफ दि इअरमा टेलर स्विफ्टको फल्कलोर हुनुले पनि यसको चर्चा बढाएको हो। टेलरसँगै एल्बम अफ दि इअर अवार्डका लागि अन्य सात कलाकारको

कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेस संकटमा : वरिष्ठ नेता पौडेल

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रसँगै नेपाली कांग्रेस संकटमा रहेको बताएका छन्। बागलुङमा नेपाल शिक्षक संघले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनु पर्ने बताए। “लोकतन्त्र र कांग्रेस संकटमा छ, जसकारण नेपाल नै संकटमा धकेलिन थाल्यो”, पौडेलले भने, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ।” उनले

दुईचार जनासँग पैसा आउँदैमा समृद्धि आयो भन्न मिल्दैनः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेसँग पैसा आउँदैमा समृद्धि आएको भन्न नमिल्ने बताएका छन्। प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र समृद्धि आएको मानिने उल्लेख गरेका हुन्। उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो मात्रै समृद्धि मान्न नसकिने उनले उल्लेख गरे।

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौैँ, काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६

नेटिभीमा ‘दोहोरी च्याम्पियन’

काठमाडौँ, नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ । सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र

शव फेला

गोदावरी, कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो

ओलीको विरोधमा खनाल–नेपाल पक्षको देशभर भेला आह्वान

काठमाडौँ, नेकपा एमालेको खनाल–नेपाल समूहले देशभर कार्यकर्ता भेला आह्वान गरेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरूको विरोध गर्दै देशभर कार्यकर्ता भेला आह्वान गरेको हो। बैठकले आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाएको हो। भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख,

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए

हेरात, पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ । हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त

ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन : यादव

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताएका छन्। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेट पेरिस डाँडामा छलफलबाट बाहिरिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दैै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन, ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भयो,’ यादवले भने, ‘हामी यो छलफललाई निरन्तरता दिँदै जान्छौँ।’

सरकार छाड्न माओवादीको निर्देशन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर