माओवादी केन्द्रको वार्ता टोली गठन, गृहमन्त्री बादलसहितका नेतासँग वार्ता गर्ने


काठमाडौँ, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।

यस्तै प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभामा दलको नेताका रुपमा दिनानाथ शर्मालाई चयन गरेको पार्टी स्थायी समिती सदस्य वर्षमान पुनले जानकारी दिए।

बैठकले एमालेतिर लागेका माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूसँग छलफल गर्न पार्टीका उपाध्याक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन गरी ३ सदस्यीय वार्ता टोली गठन गरेको छ। यसअघि नै माओवादी स्थायी कमिटी बैठकले एमालेतिर लागेका माओवादीका मन्त्रीहरूलाई सरकार बाहिरन र पार्टीमा फर्किन २४ घण्टे अल्टिमेटम दिइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *