अमेरिकालाई चेतावनी दिइन् यि महिलाले


काठमाडौँ, उत्तर कोरियाका शासक किम जोङकी बहिनी किम यो जोङले आफ्नो देशमाथि हमला गरेकोमा नयाँ अमेरिकी प्रशासनलाई चेतावनी दिएकी छन्।
मंगलबार उत्तर कोरियाको सरकारी पत्रिकामा वक्तव्य प्रकाशित गर्दै किम यो जोङले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी हुन्। जोङले भनेकी छन्, ‘चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर।’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको भोलिपल्ट उत्तर कोरियाको शक्तिशाली शासककी बहिनीले यस्तो चेतावनी दिएकी हुन्। सोमबार जापान आइपुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि बुधबार दक्षिण कोरिया प्रस्थान गर्नेछन्।

अमेरिका र दक्षिण कोरियाबीच गत साता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध किम यो जोङले गरेकी हुन्।

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुनेछ। उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो। उत्तर कोरिया उक्त सहमतिबाट पछि हट्ने मनस्थितिमा छैन।

किम यो जोङले लेखेकी छन्, ‘हामीले एक आँखाले दक्षिण कोरियाको रवैया र व्यवहार हेरिरहने छौँ। यदि उनीहरूले उत्तेजना फैलाए भने हामी असाधारण तरिका अपनाउने छौँ। समुन्द्रबाट हाम्रो भूमिमा बारूदको गन्ध फैलाउन खोजिरहेको अमेरिकाको नयाँ प्रशासनलाई पनि म यही बेलामा भन्न चाहन्छु- आउने चार वर्ष राम्ररी सुत्न मन छ भने सुरूदेखि नै यस्तो काम गर्नु तिनीहरूकै लागि राम्रो हुने छैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *