समाचार

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिश

काठमाडौँ, न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि

यसरी पक्राउ परिन् भारतमा वेश्यावृत्ति चलाउने नुवाकोटकी चमेली

काठमाडौँ, नेपाली महिलाले भारतमा कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस ९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ। उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुलेको हो। उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको पत्ता

अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

काठमाडौँ, चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी

एमालेको महाधिवेशन मंसिरमा, नेपाल पक्ष नेताको जिम्मेवारी खोसियो

काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक बोलाई विभिन्न निर्णयहरु गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित बैठकले पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएका गृहमन्त्री रामबहादु थापा ‘बादल’सहित २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। योसँगै एमालेको केन्द्रीय कमिटी दुई सय ६४ जना पुगेको छ। यस्तै बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण

देशलाई अस्थीरता तिर लग्ने सित सहकार्य हुँदैन : नेता यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले देशलाई भड्खालोमा हाल्नेसँग सहकार्य हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग इगित गर्दै शुक्रबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। अध्यक्ष यादवले आफ्नो पार्टी जसपाले प्रतिगमनकारी तथा लोकतन्त्र विरोधीसँग कुनै किसिमको राजनीतिक सहयात्रा नहुने बताएका हुन्। ‘जसपा सधैँ लोकतन्त्र, संविधान र सुशासन पक्षमा रहन्छ, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गरिसकेको छ,’

संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौँ, पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा )को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा

भागरथीका दोषीलाई पुर्याइयो बाल सुधारगृह

काठमाडौँ, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो। जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीस्थित सुधारगृहमा राखिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने

सुदूरपश्चिममा शाइन रेसुंगा बैंकको पहिलो शाखा महेन्द्रनगरमा खुल्यो

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७६औँ शाखाको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगरमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो, यद्यपि सुदूरपश्चिममा भने यो नै बैंकको पहिलो शाखा हो । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भइसकेको विकास बैंक हो । यो नै काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । नवस्थापित शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट

लालझाडीमा ५ करोडको लागतमा बगैँचा निर्माण हुने

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो । उद्यान निर्माण हुने

पश्चिम बंगाल भारतः मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

काठमाडौँ, हिजो बुधबार अज्ञात समूहद्वारा पश्चिम बंगाल भारतकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणका क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएका हुन्। यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। तृणमूल कांग्रेसले घटनामा विपक्षीको हात रहेको बताउँदै आइरहँदा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारतीय जनता