समाचार

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

धनुषा, घुस रकमसहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन्। बुधबार साँझ अन्नपूर्ण होटेलमा बसेर एक लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण पक्राउ परेका हुन्। उनीहरुलाई सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीले जानकारी दिएका छन्। उनीहरुमाथि थप

प्रधानमन्त्रीले जसपा नेताहरूलाई बालुवाटार बोलाए

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेताहरूलाई बालुबाटार डाँकेका छन्। बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि डाँकेको बताइएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ। वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्ने अवस्थामा प्रधानमन्त्री ओलीले सोही विषयमा छलफल गर्न जसपा नेताहरूलाई डाँकेका छन्। संसदमा निर्वाह गर्ने

विद्यार्थीलाईे बेमौसमी तरकारी तालिम

बझाङ, बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति

खुमलटारद्वारा बाँसबारी ४–० गोल अन्तरले पराजित

काठमाडौं, सहिद स्मारक बी डिभिजन लिगको बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित पराजित गरेको छ। जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ। खुमलटारलाई सुखल अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे। खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ। एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य

एमालेको पुनःसंरचनाबारे छलफल गर्न माधव पक्षको बैठक

काठमाडौँ, पुनःस्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरू छलफलमा बस्ने तयारी भएको छ। माधव पक्षको पूर्व एमालेहरूको समूह एमालेको पुनर्संरचनाबारे छलफलका लागि जुट्न लागेको हो। माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन्। दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई,

सपना रोकालाई धम्की दिने बस्नेत ५० हजार धरौटीमा रिहा

काठमाडौँ, काठमाडौँमा वेवारिसे लासको व्यवस्थापन गरिरहेकी सामाजिक अभियान्ता सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौँले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

पर्सा, उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै

सेना दिवस : टुँडिखेलमा विशेष समारोह गरी मनाइँदै

काठमाडौं, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हो। समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट, जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

काठमाडौँ, कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपतिक्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले बताए। विगत वर्षमा