१३ वर्षिया बालिका बलात्कृत, दोषी पक्राउ


स्याङ्जा,  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाका एकजना युवक पक्राउ परेका छन्। स्याङ्जाको हरिनास गाउँपालिका(७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन्।

थापाले बालिकालाई बलात्कार गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीका अनुसार थापामाथि जबरजस्ती करणी मुद्दा चलाइ त्यसका लागि स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धानको तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *