समाचार

मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स

मान्म, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो । “मैले निर्वाचन जित्दा नै सरकारी सेवा

राष्ट्रियसभा सदस्य निर्वाचन : स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

काठमाडौँ, निर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत सबै सरोकारवालालाई आग्रह गरिएको हो । आयोगद्वारा आज यहाँ

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

काठमाडौँ, नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा, एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । बिहान छिटफुट वर्षासमेत भएको छ । महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने

चार वर्षीय छोरासहित महिला बेपत्ता

बागलुङ, गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

वाग्मती, मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

भजनी, भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो ।

सर्वोच्च अदालतमा आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने

काठमाडौँ, सर्वोच्च अदालतमा भोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

जनकपुर, लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो । लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका लागेको र उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब