दार्चुलामा चरेशसहित वडासदस्य पक्राउ


दार्चुलामा एक वडा सदस्य लागु औषध चरेशसहित पक्राउ परेका छन् । व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागु औषध चरेशसहित सदरमुकाम खलंगाबाट पक्राउ परेका हुन् ।सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेशसहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । प्रहरीले सुराकीको आधारमा पसलबाटै चरेश बरामद गरेको जनाएको छ । विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *