सु. प. सामुदायिक अस्पतालले गर्याे विशेषज्ञ सेवा संचालन


खेम भट्ट ,अत्तरिया ।सुदुरपस्चिमान्चल सामुदायिक अस्पतालको बिसेसज्ञ सेवा प्रदान गर्दै अाईरहेकाे  ।
गोदावरी नगरपलिका वार्ड नम्बर १ बनखेत अत्तरिया स्थित बिगत ८ बर्ष देखि संचालनमा रहेको सामुदायिक अस्पताल बिसेसज्ञ डाक्टर सेवा सहित संचालन हुन लागेको हो ।थप सेवा र सुबिधाका साथ स्थानीयको सस्तो र सहि रुपमा उपचार हुनु आफ्नो उदेश्य रहेको अस्पतालका संचालक समितिका अध्यक्ष आनन्द प्रसाद भट्टले बताएका छन ।
प्रयाप्त स्वास्थ्य सामाग्री हुदा पनि जनशक्ति अभावका स्थानीयले स्वास्थ्य सेवा पाउन सकेनन् । पटक पटक स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारबाट साथै जापान सरकारले एक्सरे मेसिन र थाइराइड जाच गर्ने स्वास्थ्य सामाग्री पनि अनुदान दिएको विभिन्न किसिमका स्वास्थ्य सामाग्री तथा अनुदान दिएको तर स्वास्थ्यकर्मी जनशक्ति अभावका कारण स्थानीयले सस्तोमा स्वास्थ्यलिन नसकेको अध्यक्ष भट्टले बताएका छन ।
यो महिना देखि ८ जना मेडिकल टीम सहित हस्पिटललाई थप सेवा सुबिधा गर्न तथा यश अस्पतालमा विभिन्न संस्थाबाट आएका उपकरणलाई प्रयोगमा ल्याउन तथा अत्तरिया सुदुरपस्चिम ७ नम्बर प्रदेशको मुख्य द्वारको रूपमा रहेको येस्तो अस्पतालको मुहार फेर्नू अति आवश्यक रहेकोले एउटा् मेडिकल टीम अब २४ सै घन्टा बिरामीको सेवामा रहने गरि हाम्रो टीम तयार रहेको बताउनु हुन्छ प्रबन्ध निर्देशक डा राजेश बाहादुर खड्का ।
साथै उक्त मेडिकल टीममा डा बिकास रिजाल फिजिसियन, डा पुजन पन्त(हाड जोर्नी बिसेसज्ञ )डा रबिन्द्र देब भट्ट (बरिस्ट स्त्रीरोग बिसेसज्ञ )डा मनोज राज भट्टराई (एनेस्थेटिस्ट फिजिसियन)डा संगीता भण्डारी (बरिस्ट महिला रोग बिसेसज्ञ )डा सुशील ढकाल (बरिस्ट प्याथोलोगिस्ट) बिसेसज्ञ हुनुहुन्छ भने मेडिकल अधिकृतमा डा रमेश जोशी,डा राजेश बहादुर खड्का, डा सुनिल चन्द र डा पवन भट्ट रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *