प्रकाश सपुतको प्रष्टीकरण : एउटा सच्चा कामरेडको कथा हो ‘पिर’ राजनीतिक पूर्वाग्रह छैन


काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रस्टीकरण दिएका छन् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’पिरले युद्धकै ज र बलमा व्यथा परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको प्रकाशको भनाइ छ ।‘समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ,’ उनले भनेका छन् । प्रतिकात्मक रूपमा राखिएको दृश्यले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै उनले यसमा आत्मालोचना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *